मन्त्रीपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २४, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाडौँ । मन्त्रीपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् ।

सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् ।

मन्त्रीहरुलाई बिहानको खानको व्यवस्था बालुवाटारमै गरिएको जनाइएको छ । बैठकमा छलफल हुने विषय भने खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस