पर्व सुधारसम्बन्धी गोष्ठी ‘पाँच बुँदे पोखरा घोषणापत्र’ जारी गर्दै सकियो

असार ,कास्की । पोखरामा पर्व सुधारसम्बन्धी छलफल गर्न विज्ञहरुको गोष्ठी पाँच बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । पर्व समय सुधार राष्ट्रिय समाज नेपाल र नेपाल निवृत शिक्षक समाजको संयुक्त आयोजनामा भएको दुई दिने विचार गोष्ठीमा अहिलेको पर्व समय अनुकुल नभएको निष्कर्ष निकालेको छ । गोष्ठीमा विज्ञहरुले अहिलेको समय परिवर्तन नभएकै कारण ज्योतिष फलादेश समेत प्रभावित भएको बताए ।

गोष्ठी गण्डकी प्रदेशका उद्योग,पर्यटन , वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्धघाटन गरेका थिए । कार्यक्रममा ज्यातिष विज्ञ तथा पञ्चाङ्ग निर्णायक समितीका सदस्य दैवज्ञ कृतिमदन जोशी,खगोलविद जयन्त आचार्य, पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितीका सदस्य सचिव हरीनारायण मल्ललेले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा जारी भएको पाँच बुँदे घोषणापत्र यस्तो छ ।–
१. बैज्ञानिक तथा आध्यात्मिक दृष्टिकोणबाट पर्व समय सुधार आवश्यक छ ।

२. मुलुकको वर्तमान पर्व समय सुधार एवं पञ्चाङग् पात्रो सायन संक्रान्ती निरयण संक्रान्ती एवं चन्द्र महिना तथा अधिकमासको एक महिने हद विग्रिएको हुँदा पर्व समय सुधार गर्न अति आवश्यक भएकोले आगामी २०७७ साल को अधिकमास लाई समायोजन गर्दै हाललाई गण्डकी प्रदेशबाट शुभारम्भ गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने

३. सो पश्चात क्रमशः अन्य प्रदेशहरुमा समेत पर्व समय सुधारसहित पंचाङग् पात्रो वि.सं २०८० सालसम्ममा लागु गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने

४. उपरोक्त उदेश्य परिपुर्तीको निमित्त प्रत्येक जिल्लामा १/१ वटा जिल्ला समिती गठन गर्दै सवै प्रदेशहरुमा पर्व समय सुधार प्रादेशिक समिती गठन गर्ने

५. तत्कालका लागि गण्डकी प्रदेशको प्रादेशिक समिती गठन गर्ने

संम्बन्धित समचार

Leave a Reply