नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ २४, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २४,काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

दुई पटक भएको टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुइँमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।

श्रीलंकामा यू १९ एसिया कप अगस्ट र सेप्टेम्बरमा आयोजना हुँदैछ । जसमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन्

ताजा अपडेट

खोजी गर्नुहोस