असार २०,काठमाडौँ । ईंग्ल्याण्डका कप्तान ह्यारी केनले जारी विश्वकपमा आफ्नो गोलसंख्या ६ पुर्याएका छन् । कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा शीर्ष स्थानमा छन् । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु ४ गोलका साथ उनलाई पछ्याइरहेका छन् ।
यसअघि समूह चरणका दुई खेलमा केनले ४ गोल गरेका थिए । ट्युनिशियाबिरुद्धको २(१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६(१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए ।
बेल्जियम बिरुद्धको समूहको तेस्रो खेलमा भने उनलाई आराम दिइएको थियो । ३ खेलमा ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् ।
केन लगातार ६ अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने दोश्रो इंग्लिस खेलाडी बनेका छन् । यसअघि टोमी लटनले सन् १९३९ मा पनि यस्ते कीर्तिमान राखेका थिए । ६ गोल गरेका केन गोल्डेन बुटका लागी सम्भावित खेलाडी बनेका छन । अझै बाँकी खेल खेल्न बाँकी रहेकोले जारी विश्वकपमा उनीले अझै गोल गर्न सक्छन ।