नेपालको सन्दर्भमा लेखन कलाको उत्पत्ति र विकास

-सन्दिप सापकोटा


विषयप्रस्थान :

पूरालेखन(Paleography)अन्र्तगत प्राचीनकालमा प्रचलित लिपिहरु लेखन कार्यमा प्रयोग गरिने उपकरणहरु ,लेखन कार्यको उत्पत्ति र विकास सम्बन्धि सूक्ष्म अध्ययन ,विश्लेषण गरिन्छ । लेखन कार्यको सुरुवात कसरी भयो ? र कहाँबाट भयो भन्ने ठेट आधार हामीसँग छैन ,विभिन्न अध्ययन अनुसन्धानबाट करिबन् करिब ईशापूर्व ५००० अगाडी देखि भएको मानिन्छ । लेखनकलाको सन्दर्भमा दर्शनशास्त्रहरुले आ–आफ्ना मतहरु अगाडी सारेका छन् । पूर्वीय वैदिक ज्ञानले लेखनकलाको सुरुवात गर्ने ब्रम्हा र यसको विस्तारकमा ८८ हजार ऋषिमुनिहरुलाई मानेको छ भने पाश्चात्य जगत्ले सृष्टिकर्ता परमेश्वरलाई मानेको छ ।जे जस्तो विचारहरु दर्शनले अगाडी सारेपनि लेखनकला मानव जीवनसँगै उत्पत्ति भएको हो भन्ने कुरामा दुई मत छैन । मेसोपोटामियन सभ्यता ,मिश्री सभ्यता र भारतीय पूर्वीय सभ्यतामा विभिन्न प्रकारबाट यसको सूत्रपात भयो । मेसोपोटामियनहरुले माटाका खबटाहरुमा चित्राङ्कन गर्ने गर्थे भने मिश्रीहरुले आफूले पालेको भेडाहरु गन्न दाउराका मसिना झिँगटीको र भुँईमा धर्सा बनाएर अज्ञातरुपमा नै यसको सुरुवात गरे ।प्रागैतिहासिक कालमा मानव बसोबास भएका दार्दोग्ने , अल्तामिरा ,क्यास्टिलो ,क्यान्टोप्रिया ,अजन्ता ,एलोराको गुफाको अध्ययन गर्दा तत्कालीन मानवले चित्रका माध्यमबाट आफ्ना मनका भावनाहरु अभिव्यक्ति गरेको पाइन्छ । तर त्यस चरणबाट आज वर्तमानसम्म आइपुग्दा यसले विभिन्न अवस्थाहरु पार गरेको छ ।

१) भ्रुण लिपि (Embryo Writing)

पाषाणयुगीय आदि मानवहरुको चित्रात्मक ,प्रतीकात्मक लिपिलाई पूर्वाभ्यासका रुपमा ,प्रारम्भिक चरणमा लिने हो भने भ्रुण लिपि लेखनकलाका सुरुवात हो । यसको विकास मिश्रमा बढी मात्रामा भएको देखिएको छ ।

२) चित्रात्मक वा मूर्तिपूजात्मक लिपि (Pictographic and Iconographic Writing)

मानवमा क्रमिक रुपमा बढ्दै गएको चेतनाको स्तरसँगै लिपिले पनि अलिअलि गर्दै अग्रगमनता अपनाउन थाल्यो । आफ्नो बासस्थानमा मूर्ति बनाएर संकेत जनाउने ,कुँदेर चित्र बनाउने लगायतका कामहरु मिश्रिहरुले गर्न थाले । मिश्रि सभ्यताको देवदेवताका मन्दिरमा संस्कृति र पहिचान झल्किने चित्रहरु कोर्ने चलन भएकाले त्यस समयमा मन्दिरका भित्ताहरुमा प्रशस्त चित्रहरु कोरिएका हुन्थे ।

३) सांकेतिक लिपि (Ideographic Writing)

चित्रकै माध्यमबाट अनेक थोकको वर्णन गर्न एकै चीजको सांकेतिक प्रयोगबाट सांकेतिक लिपिको विकास भएको हो । वातावरण बुझाउन रुख, दिनरात बनाउन अर्धचन्द्रसूर्य ,गाईको बगाल बुझाउन एउटा गाईको प्रयोग हुन थाल्यो । यस लिपिको विकास हुनु भनेको मानिसको क्रियाशील बुद्धिको प्रभाव हो जसले समयावधिलाई अति न्यून समयमा सम्पन्न गराउन थाल्यो ।

४) ध्वन्यात्मक लिपि (Phonetic Writing)

चित्र तथा संकेतबाट मात्रै अभिव्यक्तिमा कठिनाई भएकाले मान्छेले कण्ठीय ध्वनिलाई प्रयोग गर्न थाल्यो ।उच्चारणलाई माध्यम बनाएर प्राकृतिकस्वरलाई पनि लिपिमा जनाउन थाल्यो ।

अब नेपालको सन्दर्भमा लेखनकलाको उत्पत्ति र विकास हेर्ने हो भने ,नेपाली जनजीवनमा भिजेको लिपि पूर्णरुपमा भारतवर्षको आर्य समाजमा उत्पत्ति भएको देखिन्छ । जर्मन विद्वान म्याक्स मूलरले पाणिनीको अष्टाध्यायीलाई इशापूर्व चौथौँ शताब्दीको मान्दै त्यो भन्दा पछी नै भारतमा लिपिको विकास भएको हो भन्ने तथ्यलाई अगि सारेका छन् । भारतीय विद्वानहरुले भने वैदिककाल देखि नै हिन्दूहरुले लेख्ने कार्य सुरु गरेको मान्दछन् । पाणिनीले शिवजीले बजाएको डमरुबाट १४ वटा नादहरु टिपेर सिङ्गो व्याकरणको सिर्जना गरेको मानिन्छ । यही १४ नाद लाई एकजुट गरेर झंकृत गर्नु भनेको “ॐ” को उच्चारण गर्नु हो । यही “ॐ” लाई पूर्वीय सनातन वैदिक दर्शनले नाद ब्रम्हको रुपमा लिन्छ । उपर्युक्त तर्कमध्ये जुनसुकै सत्य रहे पनि ईशापूर्व २५०० वर्ष अगाडी देखि नै हिन्दूहरुले लेखन कार्य सुरु गरेको कुरा अकाट्य सत्य हो किनभने सिन्धुघाटीको चित्र लिपि यसको प्रमाणको रपमा रहेको छ ।

नेपालमा प्रचलनमा रहेका लिपिहरु

१)खारोष्टि लिपि

खारोष्टि लिपिको उत्पत्ति ईरानी भाषाको “खरपोस्त” भन्ने शब्दबाट भएको हो जसको अर्थ खाल भन्ने हुन्छ । चिनी परम्परामा भने यो लिपीको आविष्कार ऋषि खारोष्ठ हुन् भन्ने जन विश्वास छ । हाम्रो नेपालमा यो लिपि विस्तारै चीन र भारतीय उत्तर पश्चिम क्षेत्रबाट सञ्चारित हँुदै प्रचलनमा आएको हो । खारोष्टि लिपि प्रस्तरशिल्प , धातु निर्मित पत्र , भाँडा ,सिक्का , मूर्ति ,भोजपत्र , ताडपत्रमा उपलब्ध भएका छन् । ई.पू. चौथो शताब्दीमा यो महाकाली नदीको आसपासको क्षेत्रमा बढी प्रचलनमा आएको देखिएको छ । तर यसको मूल उत्पत्ति भने इरानमा भएको हो । वर्तमान फारसी वर्णहरु पनि केही न्यून हद सम्मयससँग मिल्दोजुल्दो छन् । यो लिपिमा प्रत्येक व्यञ्जन वर्णमा “अ”को विद्यमानता देखिएको छ । संयक्त अक्षर ,दीर्घ स्वर र स्वर मात्राको अति न्यून प्रयोग यसमा छ । यो लिपि व्यापारीहरुको लिपि थियो । तिब्बतीहरुले प्रचलन गर्ने यो लिपि ब्राम्ही लिपिको समकालीन लिपि हो ।

२) ब्राम्ही लिपि

ब्राम्ही लिपिको उत्पत्ति तेस्रौँ शताब्दीमा मौर्य वंशको शासनकालमा ब्राह्मणद्वारा भएको थियो । ब्राह्मणहरुद्वारा उत्पत्ति र विकास भएको भएर नै यस लिपिको नाम नै ब्राम्ही लिपि भयो । यो पूर्णरुपमा अपौरुषयेय वेदसँग सम्बन्धित छ । बौद्धग्रन्थ “ललितविस्तर”, जैनग्रन्थ “समवायाङ्ग सूत्र” र “पण्णाबणा सूत्र” ,नारद स्मृति आदी महत्वपूर्ण ग्रन्थमा ब्राम्ही लिपिको चर्चा गरिएको छ भने ईशापूर्व तेस्रो शताब्दीका शिलापत्रहरुमा पनि ब्राम्ही लिपि नै उत्कीर्ण छन् । यो लिपिले पूरा एसियाली क्षेत्र नै ओगटेको छ । यो लिपिबाट देवनागरी , दक्षिण एसियाली , दक्षिणपूर्व एसियाली ,तिब्बती र कोरियाली लगायतका लिपिको पनि विकास भएको हो । अर्को लाओ , थाइ ,इथोपियाई लिपि पनि यसको परिमार्जित स्वरुप हो । ब्राम्हीबाट विकसित यी लिपिहरुमा आकृति र उच्चारणमा समानता देखिन्छ । सबै भन्दा पुरानो ब्राम्ही लिपि ः अशोक स्तम्भ (ईशापूर्व २७३)मा यसको प्रयोग भएको पाइएको छ । ब्राम्ही लिपि आर्यावर्त क्षेत्रको महत्वपूर्ण लिपि हो जसले नेपाल ,भारत र यसका आसपासका क्षेत्रमा आफ्नो प्रभाव जमाएको छ । यो लिपि बाँयाबाट दाँया तर्फ लेखिन्थ्यो भने यसमा अधिक मात्रामा संयुक्त अक्षर ,व्यञ्जनमा मात्राको प्रयोग हुन्थ्यो । यो लिपि वैदिक शिक्षामा आधारित छ ।

३) किँरात लिपि

यो लिपिको विकास ९ औँ शताब्दीमा किँरात नरेश शिरजङ्गाबाट भएको हो । यो लिपि सिक्किमबाट उत्पत्ति भएर हाल बुढासुब्बा आसपासका क्षेत्रमा प्रचुर मात्रामा प्रयोगमा छ । यही किँरात लिपि किँरात समुदायको धर्मग्रन्थ मुन्धुममा पनि प्रयोग भएको छ । किँरात लिपिलाई चन्द्रपुलिङ्ग लिपि पनि भनिन्छ । तिब्बती लिपि र ब्राम्ही लिपिको सम्मिश्रण यसमा रहेको छ । वर्तमानमा यही लिपिबाट लिम्बु ,राई, लेप्चा आदि जस्ता जातजातिको लिपि बनेको छ । यो लिपि किँरातकालमा चरमरुपमा प्रयोग भएको थियो ।

४) गुप्त लिपि

ब्राम्ही लिपि गुप्तहरुको शासनकालमा आएर विस्तारै परिमार्जित हुँदै गयो र यसले गुप्तलिपिको परिचय पायो । यो पूर्व लिच्छिवी कालीन लिपि हो । वि.सं.को ४औँ शताब्दीको उत्तरार्धसम्म यसको प्रयोग भएको मानिन्छ । उदाहारणको रुपमा हामीले नेपालको सबै भन्दा पुरानो मानदेव प्रथम (वि.सं.४९९–५१०)को चाँगुनारायणको शिलालेख (वि.सं ४९९) लाई लिन सकिन्छ । यो लिपि पूर्व लिच्छिवी कालको शैक्षिक लिपि थियो ।
५) कुटिला लिपि

उत्तर लिच्छिवी काल ७ औँ शताब्दी देखि १२ औँ शताब्दी सम्म करिब ५०० वर्ष यो लिपिले ओगटेको छ । यस लिपिलाई भारतमा विकटाक्षर भनिन्छ र कहीँकहीँ सिद्धमातृका लिपि पनि भन्ने गरिन्छ । अंशुवर्मा (ई.सं.६०५–६२१)ले यसलाई प्रयोगमा ल्याएको मानिन्छ । यो ब्राम्ही लिपिको उच्च कोटीको परिमार्जन हो । कुटिला भन्नाले बाङ्गो अथवा घुमाउरो भन्ने बुझिन्छ । यसको प्रभाव तिब्बत, चीन , मंगोलिया, जापान ,श्रीलंका ,भुटानका विहार र चैत्यमा बढी भएको छ । उदाहारण स्वरुप हामीले राजा नरेन्द्र देव (वि.सं.६३४–६७१) र जयदेव द्वितीय (वि.सं.७०४–७४०) को पशुपतिको चौगिदा भित्रको शिलालेखलाई लिन सक्छौँ । तुलनात्मक रुपमा गुप्त भन्दा कुटिला लिपिको फैलावट अलि विशाल रुपमा देखिन्छ ।

६) मध्यकालीन लिपि

नेपालको इतिहासमा वि.सं.९३७ देखि १८२५ समयको समयावधिलाई मध्यकाल भनिन्छ ।मध्यकाललाई २ खण्डमा विभाजन गरिएको छ ःपूर्व मध्यकाल र उत्तर मध्यकाल । प्राचीन कालमा ब्राम्ही दुई रुपमा विभक्त थियो भने समयचक्रको प्रभावसँगै मध्यकालमा झण्डै २ दर्जन भन्दा बढी लिपिहरुको विकास भयो । ती मध्ये केही तल संक्षेपमा वर्णन गरिएका छन् ।

अ) देवनागरी लिपि

नेपाली ,हिन्दी ,संस्कृत ,प्रचलित नेवारी भाषाको लिपि देवनागरी हो । यो ब्राम्ही लिपिको तेस्रो रुपमा कुटिला रञ्जना लिपिको सम्मिश्रणबाट बनेको लिपि हो । यो लिपि देवनागरीमा भएकाले देवनागरी वा देवताको लिपि भएकाले देवनागरी लिपि रहेको अनुमान छ । यसको लेखाइको सन्दर्भमा बढाउँदै लगिएकाले यसलाई नन्दीनागरी लिपि पनि भनिन्छ । नवौँ शताब्दी देखि पन्ध्रौँ शताब्दी सम्मको अवधिलाई प्राचीन देवनागरी लिपि र सत्रौँ शताब्दी देखि हालसम्म देवनागरी लिपि गरि यो लिपि २ खण्डमा बाँडिएको छ ।

क) भुजिंमोल/मक्षिमुण्ड लिपि

नेवारीमा भुजिं भनेको माखो÷झिँगा र मोल भनेको टाउको भएको हो । यस लिपिका अक्षरहरु झिँगाको टाउको जस्तै शीर्षयुक्त भएकाले यसलाई भुजिंमोल लिपि भनियो । संस्कृतमा यसलाई मक्षिमुण्ड लिपि पनि भनिन्छ ।

ख) गोलमोल/गोलमुण्ड लिपि

त्यति धेरै प्रचलनमा नआएको तर शीर्षाकृति अंकित भई गोलाकार अक्षरहरु भएकाले यसलाई गोलमोल लिपि भनियो ।यसलाई संस्कृतमा गोलमुण्ड लिपि भनिन्छ ।

ग)लिन्तुमोल/नतमुण्ड लिपि

यो लिपिमा शीर्षरेखा तल फर्किएको र अक्षरहरु वक्र प्रकृतिका हुने भएकाले यस लिपिलाई लिन्तुमोल भनिन्छ ।धअ । संस्कृतले यसलाई नतमुण्ड लिपि भनेर चिनाएको छ ।

घ) क्वंय्मोल/क्वेमोलक /परामुण्ड लिपि

यस लिपिमा सबै र्शीषरेखाहरु तलतिर फर्केका हुन्छन् । यसलाई त्यसैले परामुण्ड लिपि भनिन्छ ।

ङ)कुमोल/कोणमुण्ड लिपि

शीर्षचिह्न कोणाकार भएकाले यसलाई कोणमुण्ड भनिन्छ । यो लिपि खासै प्रचलनमा नभएको हामीले जान्न सक्छौँ ।

च) हिमोल/वेष्टितमुण्ड लिपि

शीराकृति बटारिएर बाङ्गो अक्षर हुने लिपिलाई वेष्टितमुण्ड लिपि भनिन्छ । यो लिपि पनि अलिअलि मात्र प्रचलनमा आएर हाल लुप्त अवस्थामा छ ।

छ) पांचुमोल/सममुण्ड लिपि

सोझो किसिमले सिधा सिधा लेखिने अक्षरहरुलाई पांचुमोल लिपि भनिन्छ ।यो लिपि वर्तमानमा प्रचलनमा नै छैन ।

यसका अतिरिक्त मध्यकालमा मैथिली, बंगाली, शारदा ,उत्कल ,तमिल ,गुजराती आदी लिपिहरु प्रचलनमा आएका थिए । प्राचीनकालमा लिपि अंकित गर्न शिलाको प्रयोग गरि शिलालेख वा शिलापत्र ,ताम्रपत्र ,भोजपत्र ,रजोपत्र ,ताडपत्र, कागज आदिको प्रयोग हुन्थ्यो । लिच्छवीकालमा संस्कृत बढी मात्रामा प्रयोग हुन्थ्यो भने मध्यकालमा नेवारी बढी मात्रामा प्रयोग हुन्थ्यो । यसका साथै संस्कृत ,नेपाली ,मैथिलीका अतिरिक्त भारतीय भाषाको पनि प्रयोग गरि लेखनमा कलात्मकताको प्रयोगले गर्दा देवनागरी लिपिबाट रञ्जना ,भुजिंमोल ,गोलमोल ,लिन्तुमोल आदी जस्ता नयाँ लिपिको जन्म भएको थियो ।

आ) सप्ताक्षरी कुटाक्षर

बौद्ध धर्मको बज्रयान सम्प्रदायमा रहस्यवादको प्रादुर्भाव भए पछि आफ्नो आराध्यदेव र साधनामन्त्रलाई गोप्य राख्न मन्त्रका अक्षरहरुलाई एउटै अक्षरको आकार प्रकारमा लेख्ने चलन सुरु भएपछि यस्तो लेखनलाई सप्ताक्षरी कुटाक्षरी भन्ने नाम दिईयो । रहस्यमय तरिकाले लेखिने सात अक्षरहरु “ह ,क्ष ,म ,ल ,व ,र ,य” हुन् जसलाई बज्रयान सम्प्रदायका ग्रन्थहरुले कालचक्र एवम् योगाम्बरको आत्मा समेत भन्ने गरेका छन् ।

इ) नेवारी लिपि

मध्यकालका अधिकांश नेवारी भाषा र साहित्यका किताबहरु नेवारी लिपिमा नै लेखिएका छन् ।यो लिपि प्राचीन नेवारी र प्रचलित नेवारी गरि २ भागमा बाँडिएको छ । प्राचीन नेवारी लिपि लिच्छिवीकाल देखि नै सुरु भएको थियो भने प्रचलित नेवारी लिपि चौधौँ शताब्दी देखि हाल सम्म पनि प्रयोगमा छ ।

ई) तिब्बती लिपि

पाँचौ वा छैठौँ शताब्दी तिर तिब्बतका राजाले आफ्नो धर्म र संस्कृति प्रचार गर्न नेपाली र भारतमा प्रचलित लिपिहरुलाई आधार बनाई लिपि विकास गरेका थिए । तिब्बती र नेपाली बौद्ध विद्वानहरु आवतजावत गर्ने क्रममा यस लिपि नेपालमा शिलापत्र र हस्तलिखित ग्रन्थहरुमा देखिएको छ ।

उ) रञ्जना लिपि

नेपालको इतिहासमा एघारौँ शताब्दी देखि पन्ध्रौँ शताब्दी सम्म विशेष रुपमा र त्यसपछि अठारौँ शताब्दी देखि फाटफुटरुपमा प्रचलित रञ्जना लिपि रंगाएर वा कलात्मक पाराले बुट्टेदार बनाएर आकर्षक ढङ्गले यदाकदा सुन र चाँदीको धुलो मिश्रित मसीले चहकिलो बनाई लेखिन्थ्यो । रञ्जना भन्नाले रंगाउनु , रमाउनु ,आकर्षक बनाउनु भन्ने भएको र यी अक्षर यस्तै आकर्षक भएकाले यसको नाम रञ्जना लिपि रह्यो । यो लिपि नेपालका अतिरिक्त चीन ,जापान ,तिब्बत ,आदि महायान बौद्ध धर्म मान्ने देशमा समेत प्रचलित थियो ।

भाषा र लिपि एक अर्कामा अन्र्तसम्बन्धित हुन्छन् । यी लिपि त मुख्यतः नेपाली समाजमा बढी मात्रामा प्रचलनमा भएका वा रहेका लिपि मात्र हुन् ।यी लिपि जस्तै अन्य कति लिपिहरु नेपाली कुनाकन्दरामा सिर्जिए र कतिमात्रामा लोप भएका छन् र हुँदै गरेका छन् । नेपालको इतिहासको खोज अनुसन्धानमा र संरक्षणमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

संम्बन्धित समचार

One Thought to “नेपालको सन्दर्भमा लेखन कलाको उत्पत्ति र विकास”

  1. Hehna

    ब्राह्मी लिपि ब्राह्मणको लिपि भन्न लाज लाग्दैन साला कुकुरहरू !!!
    जहाँ ब्र मात्र शब्द आय पनि सबै ब्राहमण को हुन् भनेर सोच्ने कुकुर हरुको समूह वास्तव मै Persian र फारसी भारत हुँदै नेपाल भित्रिएको शरणार्थी हुन।।।नत्र यसरी अनावस्यक तथ्य बनाउनु जरूरी छैन।।।।

Leave a Comment