जबर्जस्ती लिङ्ग परिवर्तन गराउँदा पीडित भएका सुरेन्द्रद्वारा न्याय माग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ अषाढ २५, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ ।  जीविकोपार्जनका लागि भारतमा गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुर कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उनको जीवन ठूलो सङ्कटमा परेको छ ।

इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले मंगलबार पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गरेका छन् । झण्डै चार वर्षसम्म आफूले भारतमा कठिन जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पु¥याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन सरकारसँग अपिल गरे ।

नेपालमा कक्षा १२ को पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएका बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ती व्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्‍याएको उनले बताए । उनले भने, “मलाई इलियासले अपहरण गरेर लामो समय थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।” सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबर्जस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले बताए ।

बेहोस अवस्थामा आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरूका काम गर्न लगाउने र कमाएको पैसा उनीहरूले लुटेर लैजाने गरेको पनि उनले बताए । अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजनन् सम्बन्धी कुनै विकास नभएको उनले बताए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस