सक्रिय मनसुन कमजोर बन्दै ! नागरिकलाई सतर्क रहन आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । केही दिनदेखि पश्चिम नेपालमा सक्रिय मनसुन कमजोर बन्दै गएको बताइएको छ । पश्चिम तराईको भूभागमा केही दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर बन्दै जाने मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मीनकुमार अर्यालले पश्चिम नेपालमा मनसुन कमजोर हुने देखिए पनि मध्य तराई र पूर्वी नेपालमा अझै केही दिन सक्रिय नै रहने जानकारी दिए । उनले मध्य र पूर्वी तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने बताएका छन ।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले मुलुकको मध्य तथा पूर्वी भूभागका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । मध्य तथा पूर्वी क्षेत्रमा मध्यम खालको वर्षा हुने भएकाले नदी तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्क रहन भनिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस