भारी बर्षासंगै पहिरोले घर पुरिदा ४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७,काभ्रे/भोजपुर । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ । बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

भोजपुरमा पनि दुई जनाको मृत्यु

पाँच दिनदेखि लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर तथा घर भत्कँदा भोजपुरमा दुई जनाको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घरको चुली गार्‍हो भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

त्यस्तै, टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । दुवै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस