प्रथम राष्ट्रिय फुलकन्ट्याक प्रतियोगितामा युनाइटेड क्युकोशिनको प्रायोजन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ २७, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

नेपाल फुल-कन्ट्याक्ट महासघको आयोजनामा पर्यटकीय नगरी पोखरामा यहि भाद्र १४ गते आयोजना गरिने “फर्स्ट नेपाल फुलकन्ट्याक प्रीसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिप “मा युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)ले प्रायोजन गर्ने भएको छ। आज एक समारोहकाबिच नेपाल फुलकन्ट्याक्ट महासघका अध्यक्ष दमन बस्नेत र युनाइटेड नेप्लिज क्युकोशिन एडभासमेन्ट(UNKA)का कोषाध्यक्ष इन्द्र सुरज मल्लले सम्झौता पत्रमा हस्ताक्षर  गरेका थिए ।

सम्झौतापत्रमा युनाइटेड नेप्लिज क्युकोशिन एडभान्स सिमेन्ट(UNKA)ले उक्त प्रतियोगिताका स्वर्ण पदक बिजेता महिला र पुरुष खेलाडीलाई जनही नगद रु एक लाख र सहआयोजकको रूपमा कार्यानयन गर्ने उल्लेख गरिएको छ। स्थापनाको छोटो समयमै क्युकोशिन खेलको बृहत प्रतियोगितामा प्रायोजन गर्न पाएकोमा युनाइटेड नेप्लिज क्युकोशिन एडभान्स सिमेन्ट(UNKA)का कोषाध्यक्ष इन्द्र सुरज मल्लले खुशी ब्यक्त गरेका छ्न।

छोटो समयमै नेपाली खेलकुद क्षेत्रमा ठूलो धनराशिको खेलाडी कल्याणकारी अक्षय कोष स्थापना गरेर खेलकुद क्षेत्रमा स्तर वृद्धि गर्नमा अग्रसरता देखाएकोमा समर्ग खेलकुदकर्मीहरुले युनाइटेड नेप्लिज क्युकोशिन एडभान्स सिमेन्ट(UNKA)लाई गर्बिलो सस्थाको रूपमा लिने गरेका छ्न।

ताजा अपडेट

खोजी गर्नुहोस