काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७, काठमाडौँ । काठमाण्डौको मूलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु
गएको छ ।

मूलपानीको बाबाचोकको नजिक पर्खाल भत्किँदा एक गर्भवतीसहित ३ जनाको ज्यान गएको छ । पर्खाल भत्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस