धादिङमा सडक भासियो, बस्ती जोखिममा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७, धादिङ । धादिङ सदरमुकामस्थित शीतल बजारमा निर्माण सम्पन्न नहुँदै सडक भासिन सुरु भएपछि त्यस क्षेत्रका दर्जनौं घर पहिरोको जोखिममा परेका छन् ।

सडक भासिन थालेपछि आसपासका एक दर्जन घरमा क्षति पुगेको छ ।

घरहरु चर्कने र भासिने भएपछि स्थानीयहरुले घर छाड्न थालेका छन् ।

सडक निर्माणमा ठेकेदार कम्पनी र नीलकन्ठ नगरपालिकाले चरम लापरबाही गरको भन्दै स्थानीय पीडितहरुले आक्रोश पोखेका छन् ।

बिहीबार रातिदेखि परेको पानीले सडक एक फिटभन्दा तल भासिएर पहिरो सुरु भएको छ ।

पाँचओटा घरहरु मानिस बस्न नमिल्ने गरी चर्किएर भत्कन थालेको छ । सडक वरपरका अन्य जमिनसमेत चिराचिरा परेको छ ।

जमिन भासिन थालेपनि बजारका अरु स्थानीयहरुसमेत त्रसित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस