त्रियुगा नदीको बाँध भत्किएपछि १० घर सम्पर्कविहीन ! बाढीमा फसेकाहरु उद्धारको पर्खाइमा

Post Thumbnail

असार २८,उदयपुर। बिहीबारदेखि लगातार परेको वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किँदा १० घर परिवार बाढीमा फसेको छ ।

चौदण्डीगढी नगरपालिका–५, बेल्हापट्टीको बाँध भत्किँदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारका मान्छेहरु अहिले बाढीमा फसिरहेका छन् ।

बाढीमा फसेकाहरु घरको छानो र टाँडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेका छन् । बाँध भत्किएर आएको बाढीले थुप्रै घर भत्काएको छ । साथै गाईबस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताए । उनका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरे पनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन ।

नेपाल टेलिकमको टावरमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । स्थानीयहरुले उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस