प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटाले किन दिँदैछन राजिनामा ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ २८, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २८,काठमाडौँ । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले पदबाट राजीनामा दिन लागेका छन ।

डा।देवकोटाले राजीनामा दिन लागेकोबारे मुख्यमन्त्री डोरमणि पौडेललाई मौखिक जानकारी गराइसकेका छन । नीति तथा योजना आयोगलाई शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याएकाले अब भने आयोगको नेतृत्व छाड्न चाहेको डा.देवकोटाले बताए।

प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउनका लागि उपाध्यक्ष देवकोटाको नेतृत्वमा धेरै काम भएका छन् ।

लिखित रुपमा राजीनामा नबुझाएको बताउँदै डाक्टर देवकोटाले भने, ‘निकै कठिन अवस्थाबाट नीति तथा योजान आयोगलाई अहिलेको अवस्थासम्म ल्याएँ । पहिले आयोगका सदस्यहरु पनि थोरै थियौं । अहिले सदस्यहरु पनि पर्याप्त हुनुहुन्छ । अब म नहुँदा पनि आयोगको काम राम्रोसँग चल्छ ।’

अहिले मुख्यमन्त्री पौडेल छिमेकी देश चीनको भ्रमणमा छन । उनी फर्कनेबित्तिकै लिखित राजीनामा बुझाउने डा.देवकोटाले जानकारी दिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस