अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढीरहेको बताएका छन ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिए ।

सिंगापुरमा गत महिना भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाका बीचमा विभिन्न चरणमा संवादको क्रम चलिरहेको छ ।

“उत्तर कोरियासँगका धेरै राम्रा छलफलहरू सकारात्मक तरिकाले अगाडि बढीरहेका छन्,” राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन।

ताजा अपडेट

खोजी गर्नुहोस