मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्राप्त तथ्याँकअनुसार उच्च पहाडी १४ जिल्लामा ५८ हजार १५८ हेक्टर, मध्यपहाडी ३९ जिल्लामा तीन लाख ९९ हजार ६७५ हेक्टर र तराईका २० जिल्लामा दश लाख ९४ हजार ६३६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

करिब दुई करोड ८० लाखको जनसंख्यालाई करीब ४१ लाख मेट्रिक टन चामलको आवश्यकता पर्ने अनुमान छ । मुलुकमा युवा जनशक्ति विदेशिनु, जमिनमा हुने खण्डीकरण, समयमै कृषकलाई बीउबिजन तथा रसायनिक मलको व्यवस्थापनमा देखिएको समस्या र चुनौतीका कारण उत्पादनमासमेत असर परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस