असार २८, काभ्रे । अविरल वर्षापछि बिहीबार साँझबाट बन्द भएको बीपी राजमार्ग शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाको माम्तीखोला कालढुंगा, मंगलटार र नार्केमा सडक अवरुद्ध भएको थियो।
रोशी गाउँपालिका ९ मंगलटारमा पुरिएको बा १६ च ३५४९ नम्बरको निजी कार शनिबारसम्म निकाल्न सकिएको छैन। कार शुक्रबार बिहान पहिरोले सडकमै पुरिएको थियो। लामो प्रयासमा पनि कार निकाल्न नसकेपछि प्रहरीले साँझसम्ममा एकतर्फी बाटो भने खुलाएको रोशी गाउँपालिका प्रमुख डीबी लामाले जानकारी दिए।
स्थानीय र प्रहरी मिलेर अवरुद्ध सडक दुईतर्फी खोल्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दामोदर सिलवालले जानकारी दिए।