राष्ट्रिय खेलाडीलाई बुसिडो संघद्वारा सम्मान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ २९, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २९,काठमाडौँ । नेपाल बुसिडो कोन्सेकाई (एमएमए) मुआई थाई संघद्वारा शनिबार राजधानीको कोटेश्वर स्थित एमएमए क्लबमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ।

क्युकोशिन ,सितरियो एवं किक बक्क्सिङ्गका ३ दर्जन भन्दा बढी राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले दोसल्ला एब प्रमाणपत्रबाट सम्मान गरेका हुन। सोही अबसरमा आफ्नो मन्तव्यका क्रममा उपाध्यक्ष तिमल्सिनाले खेलकुदलाई राजनीति बाट टाढा राख्नुपर्ने र राजनीति पूर्वाग्रहबाट खेलाडी तथा व्यवस्थापकलाई हेर्न नहुने तर्क राखेका थिए।

सोही अबसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सघका अध्यक्ष दिपक श्रेष्ठ,नेपाल प्रहरीका बरिष्ठ अधिकृत ,शसस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएतका खेलकर्मीहरु आतिथीको रूपमा उपस्तिती रहेको थिए।

नेपाल बुसिन्डो कोन्सेकाई (एमएमए) मुआई थाई एसोसिएसनका अध्यक्ष एब प्रमुख प्रशिक्षक उमेश गुरुङले खेलाडी र खेलाडी बिचको भाईचार सम्बन्ध स्थापित गर्न र अग्रज खेलाडीको सम्मानले भाबी पिडिका खेलाडीलाई समेत प्रेरणा मिल्ने कुरा सोही अबसरमा व्यक्त गरेका थिए । सो कार्यक्रममा पुर्वखेलाडी एवं प्रशिक्षकहरुको बाक्लो उपस्थिति रहेको थिए।

ताजा अपडेट

खोजी गर्नुहोस