‘जनता सडक कार्यक्रम’का लागि कर्णालीका सांसदलाई १० करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ३०, सोमबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफलमा यही विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस