भरियो कुलेखानी : बाँध खोलेर नियन्त्रित निकास गरिदै

Post Thumbnail

असार ३०,मकवानपुर। लगातार परेको पानीका कारण मकवानपुरको जलाशययुक्त आयोजना कुलेखानीको ड्याम भरिएको छ । यहाँ क्षमताभन्दा बढी पानी जमेपछि खतराको संकेत देखिएको छ । पानी थेग्न सक्ने अवस्था नरहेकाले ड्याम खोलेर पानी बाहिर पठाइने तयारी गरिएको छ ।

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार वटा जिल्लामा प्रभाव पार्न सक्ने बताइएको छ । आसपासका क्षेत्रमा सतर्क रहन जिल्ला प्रशाशन कार्यालयले स्थानियलाई अनुरोध गरेको छ ।

कुलेखानीको क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ । तर यहाँ आज बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ मिटर पानी भरिएको छ । यहाँ अहिले प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस