पुर्व प्रधानसेनापतीद्धारा गायक कटवालको टप राजधानी दोहोरी क्लवको उद्धघाटन

असार ३०,काठमाडौँ । काठमाडौको नयाँबसपार्कमा टप राजधानी दोहोरीक्लवको नेपाली सेनाका पुर्वप्रधानसेनापती रुक्मांगद कटवाल, काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिष्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले एक कार्यक्रमकाबिच रिबन काटेर उदघाटन गरेका छन । उनिहरुले शनिबार साझ चर्चित गायक प्रकाश कटवालले सञ्चालनमा ल्याएको टप राजधानी दोहोरी क्लवको उदघाटन गरेका हुन ।

दोहोरीको उदघाटन गर्दै पुर्बप्रधानसेनापति कटवालले लोक दोहोरी विश्वकै नमुना संगीत भएकाले यसको संरक्षणमा सरकार र सरोकारवाला निकाय लाग्नुपर्ने बताए । आफै लोकगित गाएर कार्यक्रममा उपस्थित कटवालले लोक सङ्गितको जगेर्नामा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बरिष्ठ गायक नारायण रायमाझीले आफ्ना विभिन्न गितहरु प्रस्तुत गर्दै दोहोरीको सफलताको शुभकामना दिए ।

दोहोरी कलाकारहरुको बिद्यालय भएको बताए । कार्यक्रममा उपस्थित अतिथिहरु काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्कीलगायतले दोहोरीको सफलताको शुभकामना दिए । कार्यक्रममा उपस्थित अतिथी कलाकारहरुले विभिन्न गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित गायक प्रकाश कटवालले आफुले आफ्नै क्षेत्र लोकदोहोरीको बिकास र संरक्षणको लागी दोहोरी संचालन गरेको बताए । उनले दोहोरीमा ४० जनालाई रोजगारी दिएको समेत बताए । दोहोरी उद्घाटनको अबसरमा यस क्षेत्रको हकहित र संरक्षणमा उल्लेख्य योगदान दिने विभिन्न ब्यतित्व हरुलाई मायाको चिनो प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले ,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्की,लोकदोहोरी ब्यबसायी संघका अध्यक्ष चुडाबहादुर कार्की , एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेतलगाएत पत्रकारहरु र कलाकारहरु रहेका थिए।

ऊनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल र दोहोरीका संचालक प्रकाश कटवालले मायाको चिनो प्रदान गर्दै खाता ओढाएर सम्मान गरेका थिए । दोहोरीको उदघाटन कार्यक्रम बुधबारसम्म रहने र उदघाटन अबधिभर विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने सञ्चालक कटवालले बताए ।

संम्बन्धित समचार

Leave a Reply