सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले थप १०० विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ ।
साउन १,काठमाडौँ । नेपाल सरकारले यसअघि २२२ सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको थियो भने आउँदो आर्थिक वर्षमा नमूनाका रूपमा अतिरिक्त अनुदान पाउन थप १०० विद्यालय छनोट गरेको हो । त्यसैमध्ये धादिङको मण्डली माध्यामिक विद्यालय नमुना विद्यालयको रुपमा छानिएको छ । गगांजमुना गाँउपालिकाको फुलखर्कमा रहेको सो विद्यालय नमुनाको रुपमा छनोट भएको हो ।
सरकारले दातृ निकायको सहयोगमा ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरिरहेको छ भने आगामी आर्थिक वर्षको बजेटमा विसं २०७६ देखि २०८५ सम्मका लागि सार्वजनिक विद्यालय सुधारको दशक अभियान घोषणा गरेको छ ।