परिवारसँग छुट्टी मनाउँदै रोनाल्डो र मेस्सी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ ।  क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले सन् २०१९-२० को फुटबल सिजनको सुरुवातअघि परिवारसँग छुट्टि मनाएका छन् । कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएपछि अर्जेन्टिनाका कप्तान मेस्सी अहिले परिवारका साथ विदा मनाइरहेका छन् ।

५ पटकका बालोन डी ओर विजेता मेस्सीले इन्स्टाग्राममा परिवारको फोट अपलोड गरेका छन् । उनले जिपको अगाडी पट्टि छोराहरु थिएगो, किरो र मेटेउ तथा पछाडि श्रीमती एन्टोनेला रुकोजु रहेको फोटो पनि सार्वजनिक गरेका छन् ।

५ पटककै अर्का बोलोन डी ओर विजेता रोनाल्डोले पनि टुरिनमा परिवारका साथसमय बिताइरहेको तस्बिर सार्वजनिक गरेका छन् । रोनाल्डोले प्रेमिका जर्जिया रोड्रिग्वज र बच्चाहरु एलाना मार्टिना, इभा र माटेउसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।इन्स्टाग्राममा फोटो राख्दै रोनाल्डोले लेखेका छन्, कडा मेहेनतपछि घरमा आएर अनि परिवारसँग समय बिताउँदाको क्षण कति आनन्ददायी हुन्छ ।एजेन्सी–

ताजा अपडेट

खोजी गर्नुहोस