विश्वकप फाइनलमा अम्पायरले गम्भीर गल्ति गरेको खुलासा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १, काठमाडौँ । इंग्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको छ ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडेपछि इंग्ल्यान्डले ६ रन पाएको थियो । चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोड्दै इंग्ल्यान्डलाई ६ रन नभएर ५ रन हुनुपर्ने बताईएको छ । जसको कारण अम्पायर कुमार धर्मसेनाले लेग एम्पार मरैस इरास्मससँग सल्लाह गर्दै इंग्ल्यान्डलाई ६ रन दिने निर्णय गरेका थिए । उक्त निर्णय भने अहिले विवादमा तानिएको छ ।

आईसीसीको खेल संचालन नियमको खण्ड १९.८ का अनुसार यदी फिल्डरले थ्रो फाल्दा बल बाउण्ड्रीमा जान्छ पनि त्यो रन पनि जोडिन्छ। साथै दुवै ब्याट्सम्यानले लिएको रन पनि खातामा जोडिन पुग्छ । तर रन जोडिनको लागि फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यानले क्रिज क्रस गरिसकेको रन मात्र जोडिने उल्लेख छ । तर इंग्ल्यान्डले रन लिने क्रममा आदिल राशिदले रन पूरा नगर्दै मार्टिन गुप्टिलले बल फालिसकेको भिडियो रिप्लेमा देख्न सकिन्छ ।

जसको कारण अम्पायर कुमार धर्मसेनाले ६ नभएर ५ रन दिनुपर्ने क्रिकेट विश्लेषणहरुको तर्क राखेका छन् । अम्पायरले ६ नभएर ५ रन दिएको भए निर्णय दिएको भए नतिजा न्युजिल्यान्डको पक्ष जान सक्ने क्रिकेट विश्लेषकहरुको तर्क राखेका छन् । ३ बलमा ९ रन आवश्यक परेको स्थितिमा ६ रनको निर्णयपछि इंग्ल्यान्डलाई अन्तिम २ बलमा ३ रन चाहिएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस