साउन २,काठमाडौँ । बुधबार सुत्केरीको मृत्यु भएपछि पिडितले अस्पताल परिसरमा नारावाजी गरेका छन । थापाथली प्रशुती गृहमा गम्भीर लापरबाही भएको उनिहरुको आरोप छ । नुवाकोट घर भई हाल काठमाडौँको लैनचौर बस्दै आएकी कल्पना तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
पिडितले सुत्केरी आमाको मृत्यु भएपछि बच्चा लुकाएको भन्ने आरोप अस्पताललाई लगाएको छ।आमाको शव देखाएपनि बच्चाको अवस्था अझै जानकारी नदिएको उनिहरुको गुनासो छ ।
यद्यपी अस्पताल परिसरमा तनाव भएपछि प्रहरीद्वारा अस्पताललाई घेरा हालेर सुरक्षा दिइएको छ । सेवाग्राहीलाइ पनि अस्पताल भित्र जान दिइएको छैन । घटनाबारे अहिलेसम्म अस्पतालले केही बताएको छैन ।