इन्जिनियर दिवस : पाँच इन्जिनियरलाई अवार्ड तथा सम्मान प्रदान

Post Thumbnail

साउन ३,काठमाडौँ । इन्जिनियर्स दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले पाँच जना इन्जिनियर÷आर्किटेक्टलाई अवार्ड प्रदान गरेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएशनको ५७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पाँच जना इन्जिनियरलाई अवार्ड प्रदान गरिएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका पाँच जना इन्जिनियरहरुलाई सम्मान गर्दै आएको छ ।

(लाइफ टाइम एचिभमेन्ट) जीवनकालिन साधक सम्मानमा डा. बिन्दु नाथ लोहनी, उत्कृष्ट उद्धमी इन्जिनियर पुरस्कारमा ई.बिकास बहादुर श्रेष्ठ, सहिद इ.नवराज बिष्ट मेमोरियल अवार्डमा ई. गुरु प्रसाद शर्मा, उत्कृष्ट महिला इन्जिनियरमा आ.चन्द्र लक्ष्मि हाडा र उत्कृष्ट युवा पेशाबिद पुरस्कारमा इ. दिपेन्द्र गौतमलाई सम्मान गरिएको छ ।

त्यस्तै गरि गत जेष्ठ ८, २०७६ बिहानको ३.३० बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण सम्पन्न गरेका इलेक्ट्रिकल ई. मिग्मा दोर्जे शेर्पालाई प्रसंशापत्र सम्मान प्रदान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस