अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ २१, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २१,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनीहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेको क्रेमलिनले जानकारी दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस