साउन ४, काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका वडाध्यक्ष फन्द्रा तामाङ रोसनमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ ।
राजधानीको टोखा नगरपालिका बानियाँटारमा वडाध्यक्ष तामाङ कोठामा बसिरहेको अवस्थामा खुकुरी प्रहार भएको परिवारका सदस्यले बताए ।
यता घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रवक्ता होविन्द्र बोगटीले जानकारी नआएको बताए ।