अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुन नदिने स्थानीय जग्गाधनीको अडान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ५, आईतबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।

गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा.लि.ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।

अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस