लुकाकुका लागि मिलानकाे प्रस्ताव म्यान्चेष्टर युनाइटेडद्वारा अस्वीकार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण ५, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ ।  रोमेलु लुकाकुका लागि इन्टर मिलानले गरेको ६० मिलियन यूरो अर्थात झण्डै ५४ मिलियन पाउण्डकाे प्रस्ताव म्यान्चेष्टर युनाइटेडले अस्वीकार गरेको छ ।

युनाइटेडले लुकाकुका लागि दुई वर्षअघि नै ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । यतिबेला सिंगापुर भ्रमणमा रहेका छन् । इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकु क्लबको पहिलो लक्ष्य रहेको बताएका छन् ।

‘म चेल्सीमा रहँदा पनि लुकाकुलाई चेल्सी ल्याउने प्रयास गरेको थिएँ,’ कोन्टेले भने, ‘मलाई उ मन पर्छ र मेरा लागि महत्वपूर्ण खेलाडी हो । उसले प्रदर्शनमा गरेको सुधारका कारण म प्रभावित छु ।’

‘हेरौँ के हुन्छ, अहिलेसम्म लुकाकु म्यान्चेष्टर युनाइटेडको खेलाडी हो,’ कोन्टेले भने । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस