नेकपा धादिङको इन्चार्जमा जम्मकट्टेल, सहइन्चार्जमा लोहनी

Post Thumbnail

साउन ५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लामा ईन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाएको छ । यससंगै पुर्वएमालेको भागमा ४५ जिल्ला र पुर्वमाओवादीको भागमा ३८ जिल्ला परेको छ ।

यता धादिङमा भने पुर्वमाओवादीका नेता तथा प्रदेश नम्बर ३ का कानुनमन्त्री शालिकराम जम्मकट्टेल ईन्चार्ज तोकिएका छन । सह–ईन्चार्जमा भने पुर्वएमालेका नेता तथा प्रतिनिधि सभाका सांसद खेम लोहनी तोकिएका छन ।

धादिङमा पुर्वएमालेको राम्रो पकड भएपनि ईन्चार्ज पाउन सकेन । जिल्लामा प्रभावशाली नेताहरु राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, खेम लोहनी र पुष्पविक्रम मल्ललाई पछि पार्दे जम्मकट्टेल ईन्चार्ज हुन सफल भएका छन । यसअघि उनि नेकपा जिल्ला सचिवको रुपमा तोकिएका थिए । यद्यपी उनले सो जिम्मेवारीमा असन्तुष्टि जनाउदै सो पद नलिने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस