कवयित्री कविता राईको एकल कविता वाचन सम्पन्न

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ अषाढ २१, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २१, भोजपुर । कवयित्री कविता राईको एकल कविता वाचन बुधबार सम्पन्न भएको छ ।

भोजपुरको देउरालीमा जन्म भई हाल टेम्केमैयूं गाउँपालिका—९, पान्धारे निवासी र पेशाले शिक्षिका कविता राईले सो अवसरमा दशवटा कविता वाचन गरेकी थिईन ।

उनको कवितामा जीवनका विभिन्न अनुभव, आरोह अवरोह, पीरव्यथा, प्रेम, देशको माया आदि विषय समेटिएका थिए । उनले आफ्नो जन्मथलो भोजपुर, त्यहाँको संस्कृति, परिवेश र सुखदुःखलाई आफ्नो कविताको विषय बनाएकी थिईन ।

उनले ‘फूल’, ‘आमा, जुन र भाले’, ‘सुनामी’, ‘सोल्टीज्यू’, ‘ड्रपआउट’, ‘देश खोज्दै जाँदा’ आदि शीर्षकका कविता वाचन गरेकी थिईन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले कवयित्री कविताले भोजपुरको आसपासका युवायुवतीका भावना, प्रेम, देशप्रेम आदिका भाव सुन्दर बिम्व प्रयोग गरी व्यक्त गरेका थिए ।

उनले राईले आफ्ना मात्र नभई अरुका भावनासमेत व्यक्त गर्न सफल भएको बताए ।

भोजपुरका सांसद सुदन किराँतीले देश र प्रेमका कुरा सापेक्ष हुन्छ निरपेक्ष हुँदैन भन्दै भोकाएको मानिसले चन्द्रमालाई पनि रोटीजस्तै देख्छ भने । उनले कवयित्रीले आफ्ना अनुभवलाई सुन्दर अभिव्यक्ति दिएको बताए ।

हाम्रो समाज देश खोज्न जाँदा बाटो छेक्ने अवस्थामा थियो भन्दै उनले साहित्यले राजनीतिलाई पनि बाटो देखाउने बताए ।

प्राज्ञ श्रवण मुकारुङले राईका कवितामा पूर्वको हाक्पारे र मुन्धुम झल्किएको बताउँदै कविता लेखनमा जति लेख्दा पनि सिक्ने कुरा बाँकी नै रहने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस