गीताले ल्याईन् ‘तीजैमा व्रत बसी’ (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण १०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । गत वर्षको तीजमा यतै घमाइलो उतै घमाइलो सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तिजलाई तीजैमा ब्रत बसी सार्वजनिक गरेकी छिन्। अधिकारीको शब्द रहेको गीतको म्युजिक भिडियो तीजैमा ब्रत बसी एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वर र नायिका पुजना प्रधान, सारिका र गीतालगायतले अभिनय गरेको गीतको भिडियो गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता तथा अभिनेत्री चैत्यदेवी, गीतकार डा. डीआर उपाध्याय, कलाकार लय संग्रौला, उत्तम केसी, सञ्चारकर्मी शान्तिप्रिय, गायक सिताराम पोखरेल, संगीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतले सार्वजनिक गरे।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन रहेको छ भने भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायाँकन रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस