चित्लाङ–थानकोट सडक निर्माणको अब दैनिक अनुगमन

Post Thumbnail

साउन १०,काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ–थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२ किलोमिटर लामो थानकोट(चित्लाङ सडक उच्च प्रविधियुक्त र छिटो बनाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

ठेकदार कम्पनी पिएसरकिराँतेश्वर जेभिको लापरबाहीका कारण चित्लाङका मात्रै नभएर आसपासका गाउँका बासिन्दाले समेत सास्ती भोग्दै आएका छन् ।

पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने गणेशमान मार्गमा ठेकदारले काम नगरी बाटो मात्रै बन्द गरेर सास्ती दिएको भन्दै गत जेठमा स्थानीयले जर्बजस्ती बाटो खुलाएका थिए ।

पछिल्लो पटक थाहा नगरपालिका वडानम्बर ९ र १० का वडा अध्यक्षसहित स्थानीय बासिन्दाले कलंकीस्थित सडक आयोजना कार्यालय पुगेका छन् ।

उनीहरुले सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सरोकारवालालाई दवाव दिनुको साथै लिखित सहमति समेत गराएका छन् ।

आयोजना प्रमुख ध्रुव नारायण पाण्डेय र निर्माण कम्पनीका प्रतिनीधि सनक सिंह राई समेतको उपस्थितिमा मंसिरसम्म सडक निर्माणको काम सम्पन्न गर्नेगरि सहमति गराइएको छ ।

सहमतिमा गाणेशमान सिंह मार्ग (थानकोट चित्लाङ सडक योजना साउन १५ गतेबाट सुचारु गराउने निर्णय गरिएको छ ।

त्यस्तै ठेक्काको सम्पूर्ण कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गर्ने, बैकल्पिक मार्ग मातातीर्थ( चखेल(चित्लाङ सडकखण्डको मर्मतका लागि थानकोट चित्लाङ सडक योजना मार्फत सडक विभागसँग आवश्यक बजेटमाग गर्ने सहमति भएको छ ।

बैकल्पिक मार्गको अवस्था आवत्जावत् उपयुक्त नभएको गएको जेठमा स्थानीय बासिन्दाले निर्माणाधीन मार्गको काम रोकेर आवागमन सुचारु गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस