सेल्फी मोहः भक्तपुरकी युवती खसिन् तामाकोशीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ११, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ ।  रामेछाप सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा तामाकोशी नदीमा खसेर शुक्रबार एक युवतीको ज्यान गएको छ।

मन्थली नगरपालिका– २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा भक्तपुरको महालक्ष्मी नगरपालिका–६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्यको तामाकोशी नदीमा खसेर ज्यान गएको हो।

नदीसमेत आउने गरी सेल्फी खिच्नेक्रममा खस्दा उनलाई तामाकोशीले बगाएको छ।

कर्माचार्यलाई मन्थली विमानस्थल नजिकबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि तामाकोशी अस्पताल लगरेको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए।

मृतक कर्मचार्य केही साथीसहित दोलखा घुम्न हिँडेको प्रहरीले जनाएको छ। लाशलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस