साउन ११,काठमाडौँ । राजधानीको कलंकीमा रहेको एडमार्क एकेडेमीले आफ्ना नयाँ विद्यार्थीहरुको लागी अभिमुखिकरण कार्यक्रम गरेका छ । शुक्रबार आयोजित कार्यक्रममा देशभरबाट उच्च माध्यामिक शिक्षा पढ्नको लागी आएका विद्यार्थीलाई कलेजको नियमसंगै जिवनमा सफलता प्राप्त गर्न अध्ययनमा अनुशासित भएर लाग्न उत्प्रेरण प्रदान गरिएको थियो । कार्यक्रममा कलेजको निति,अनुशासनका विषयका विषयमा प्रधानध्यापक शिव अधिकारीले प्रष्ट पारेका थिए ।
अभिमुखिकरण कार्यक्रममा बरिष्ठ साहित्यकार डा. बलदेव अधिकारी (गाँउले) ले विद्यार्थीको लागी सबैभन्दा महत्वपुर्ण विषय भनेको अनुशासन नै रहेको बताए । उनले मानिस सफल हुनको लागी आफैले आफुलाई सहि ठाँउमा राख्नपर्नेमा जोड दिए । कार्यक्रममा प्रभावशाली उत्प्रेरक प्रितम पौडेलले विद्यार्थीलाई सकारात्मक उर्जासहितको काउन्सिलिङ गरेका थिए । उनले जिवनका सफलताका विषयमा झण्डै एक घण्टा आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष पुरोषोतम अधिकारीले कलेजले अहिलेसम्म उत्कृष्ट स्थान हासिल गर्न सफल भएको र त्यो सबै विद्यार्थीकै कारण प्राप्त गर्नसकिएको बताए । उनले एडमार्कमै पढेर डाक्टर, इन्जिनियर तथा राज्यका विभिन्न अहोदामा पुगेको बताए । विद्यार्थीको सफलता नै कलेजको सफलता रहेको बताउदै अध्यक्ष अधिकारीले नयाँ विद्यार्थीले बोकेर आएको सपना एडमार्कले पुरा गर्ने बताएका थिए ।