आदर्श स्कुल स्टुडेन्टस् एल्मुनाईले गर्यो बृहत रक्तदान कार्यक्रम

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ श्रावण ११, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ११,काठमाडौँ । धादिङको गजुरीमा रहेको आदर्श स्कुलमा पढेका भुतपुर्व विद्यार्थीहरुको संस्था श्री आदर्श स्कुल स्टुडेन्टस् एल्मुनाईले बृहत रक्तदान कार्यक्रम गरेको छ ।राजधानीको एडमार्क एकेडेमीमा आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन । रक्तदानबाट संकलित रगत राजमार्गमा दुर्घटनामा परेका घाईतेहरुको लागी प्रदान गरिने संस्थाका अध्यक्ष किरण श्रेष्ठले बताए । २०७४ सालमा स्थापना भएको यो संस्थाले पहिलो कार्यक्रम रक्तदानबाट सुरु गरेको हो ।

आगामी दिनमा विभिन्न शैक्षिक तथा अन्य सामाजिक कार्यक्रम गर्ने उदेश्य बोकेको यो संस्थाले धादिङ लगायत अन्य जिल्लालाई केन्द्र बनाएर आफ्ना गतिविधि गर्ने अध्यक्ष श्रेष्ठले बताए । रक्तदानमा हास्यकलाकार श्रीकृष्ण सिंखडाले आफ्नो प्रस्तुती समेत दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस