पहिरोले धादिङको ज्यामरुङ दलित बस्ती जोखिममा

साउन १२,धादिङ । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नं. १०, कुमाइ ज्यामरुङ र नयाँ गाउँबीचको डाँडामा गएको पहिरोका कारण २५ घर परिवार जोखिममा परेका छन् ।

केही दिनदेखिको वर्षाका कारण धादिङबेसी आरुघाट सडकमा पर्ने नीलकण्ठ नगरपालिका वडा नं–१०, घुम्तीमा रहेको ढल थुनिएर स्थानीयको घरमा पानी पसेपछि जोखिम बढेको हो । घरभित्र पानी पसेपछि खाद्यान्न र लत्ताकपडामा क्षति पुगेको पहिरो प्रभावित यमकुमारी इटनीले बताए।

स्थानीय ज्ञान प्रसाद इटनीको किराना पसलमा पनि भल पसेर पसलका सामान नष्ट भएका स्थानी्य श्याम मगरातीले जानाकारी दिए । नजिकैको डाँडामाथिबाट आएको पहिरोले २५ घर दलितबस्ती जोखिममा रहेको छ । गाउँमाथिको डाँडा भासिएपछि आएको पहिरोले गाउँमा मानिस सुत्न नसक्ने अवस्थामा रहेको इटनीले जानकारी दिए ।

गाउँमा ढलेको तिन ओटा बिजुलीका खम्बाले थप जोखिम बढाएको छ । बिजुलीका खम्बा ढलेपछि एक सातादेखि गाउँको २ सय घर विद्युत सेवा समेत अवरुद्ध भएको स्थानीय श्याम मगरातीरले बताए ।

गाउँ नै जोखिममा परेर सार्नु पर्ने अवस्था आए पनि नगरपालिका र विपद व्यवस्थापनसँग सरोकार राख्ने निकायले बेवास्ता गरेपछि गाउँबासी आक्रोशित भएका छन् ।

-रासस/सिताराम अधिकारी

संम्बन्धित समचार

Leave a Comment