एनआरएनए प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन बोस्टनमा हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण १२, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १२, काठमाडौँ । गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ ।

आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओट द्वारा संचालित फेयर फिल्ड इन नामक (होटल) अतिथि गृहमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन् ।

गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३–१६, २०१९ मा ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस