मेस्सीको स्विकृतीमा ब्राजिलका विलियन बार्सिलोना जाने तयारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २१, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २१,काठमाडौँ । ब्राजिल तथा चेल्सीका फरवार्ड विलियनले यस विश्वकप २०१८ मा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनको प्रदर्शनबाट प्रभावित बार्सिलोना विश्वकपको अन्त्यपछि उनलाई भित्राउने तयारीमा रहेको छ ।

बार्सिलोनाले विलियनका लागि ५० मिलियन युरोको प्रस्ताव राखेको इंग्लिस पत्रिका ‘द सन’ले बताएको छ । स्पेनिस पत्रिक ‘डन बलोन’का अनुसार बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि आफ्नो स्वीकृति दिएका छन् ।

चेल्सी भने ८० मिलियन युरोमा मात्र विलियनलाई बेच्न तयार बताइएको छ । बार्सिलोनाले गत सिजन उस्माने डेम्बेले र फिलिप कौटिन्होलाई भित्राएको थियो । कौटिन्होले उच्च प्रदर्शन गरे पनि डेम्बेले भने केही चोटका कारण लयमा देखिएनन् ।

चेल्सीका लागि १३ गोल र १२ असिस्ट गरेका विलियन टोलीको पहिलो रोजाईमा पर्न नसकेकाले उनले क्लब छाड्ने बुझाई छ । विलियन भोलि विश्वकपको क्वाटरफाइनलमा ब्राजिलका तर्फबाट बेल्जियमसंग भिड्दै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस