विराट र रोहितबीचको विवाद छताछुल्ल, श्रीमती पनि तानिए विवादमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १२, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच दरार उत्पन्न भएको खबर बाहिर आएको छ । उपकप्तान रोहितले कप्तान कोहलीकी श्रीमती तथा नायिका अनुष्का शर्मालाई इन्स्टाग्राममा ‘अनफलो’ गरेपछि दुई खेलाडीबीच चलिरहेको द्वन्द्वको खबर बाहिर आएको हो ।

रोहितले धेरै पहिले नै विराट कोहलीलाई समेत अनफलो गरिसकेका थिए । यसले पनि यी दुई खेलाडीबीच द्वन्द्व रहेको खबरलाई बल पु¥याएको छ । अनुष्काले पनि शर्मा र उनकी पत्नी रीतिकालाई इन्स्टाग्राममा फलो गरेकी छैनन् ।

विराट र रोहितबीच विश्वकपको सेमिफाइनलमा न्यूजिल्यान्डसँगको हारपछि दरार उत्पन्न भएको खबर बाहिर आएको हो । यससँगै जानकारहरू भारतीय क्रिकेट जगतमा दुई खेमा बनेको बताउन थालेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस