रिफ्रेसको लागी प्रचण्ड परिवार दुवई लागे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १४, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि सहभागी छन । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । पछिल्लो समय नेकपा पार्टी एकताको प्रेसर तथा लामो समयदेखि प्रचण्डपत्नी अस्वस्थका कारण पनि रिफ्रेसको लागी प्रचण्ड परिवार दुवई लागेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस