केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । इन्ग्लिश क्लब टोटेनहम प्रि सिजन अन्तर्गत जर्मनीमा आयोजना हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो ।

एलिनाज स्टेडियममा टोटेनहमलाई जित दिलाउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।

रियलका मार्सेलोले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै केनले निर्णायक गोल गरेका थिए ।

अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिख र फेनरवाचीबीचको विजेतासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस