यी १० फलफूल तथा तरकारीमा तोकिने भयो विषादी सीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० तरकारी तथा फलफूलमा जीवनाशक बिषादी अवशेषको सीमा तोक्ने तयारी गरेको छ।

विभागले स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, गोलभेँडा र चिया गरी १० फलफूल तथा तरकारीको बिषादीको सीमा तोक्न लागेको हो ।

‘तरकारी तथा फलफूलमा खाद्यस्तर निर्धारण समितिबाट जीवनाशक बिषादी अवशेषको अधिकतम सीमा तोकी डब्लुटिओ नोटिफिकेशनपश्चात् नेपाल राजपत्रमा प्रकाशनको प्रक्रियामा छ,’ प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘राजपत्रमा प्रकाशनपश्चात् कार्यान्वयमा जान्छौं।’

विभागका अनुसार निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक बिषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस