साउन १५, काठमाडौँ । बलिउड अभिनेता ऋतिक रोशनले सुपर ३० फिल्मका लागि भोजपुरी भाषा बोले। फिल्मले बक्स अफिसमा राम्रो नतिजा हासिल गरिरहेको छ।
अब अभिनेत्री सन्नी लियोनीले पनि भोजपुरी भाषा मात्र बोल्ने छैनन्, उनी ठेट भोजपुरी पहिरनमा पनि देखिनेछिन्।
प्रसाद टटिकेनीको निर्देशनमा बनिरहेको हरर कमेडी फिल्म कोकाकोलाको सुटिङ अहिले उत्तर प्रदेशमा भइरहेको छ। यो खबर आजको नयाँ पत्रिकामा छ
फिल्मका लागि भनेर सन्नीले पश्चिमी लुक्ससमेत त्यागेकी छन्। फिल्मका लागि भनेर सन्नीले भोजपुरी भाषाको ट्रेनिङसमेत लिएकी छन्।