स्वास्थ्य मन्त्री यादवद्वारा बैद्यखानाको अनुगमन

साउन १६, काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् ।

स्वास्थ्य मन्त्री यादवले बैद्यखानाको अनुगमन गरि प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न बैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका छन् ।

सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन् । अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाईएको थियो ।

करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको बैद्यखानामा चार जना मात्रै काम गरेको देखेर स्वास्थ्य मन्त्री यादवले चरम असन्तुष्टि जाहेर गरे । बैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिए ।

मन्त्री यादवसँगै अनुगमन टोलिमा स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा। के।के राई सहभागी थिए ।

संम्बन्धित समचार

Leave a Reply