जिल्ला अदालत धादिङमा ७५ प्रतिशत मुद्दाको फैसला कार्यान्वयन

Post Thumbnail

साउन १६,धादिङ । जिल्ला अदालत मुद्दा फैसला गर्ने मात्र होइन मुद्दा कार्यान्वयन गर्नमा पनि लागि परेको छ । जिल्ला अदालतलाई चुनौती बनीरहेको फैसला कार्यान्वयन सबैको सहकार्यमा सम्भव भएकोले यस वर्ष प्रगति गरेको देखिन्छ ।

कैदतर्फ १ हजार ८२६ वर्ष ८ महिना ४ दिन कैद गर्नुपर्ने तथ्यांक रहेकोमा यस आर्थिक वर्ष ०७५।७६ मा ७ सय ५२ वर्ष १ महिना २२ दिन अर्थात ४१ दशमलब १६ प्रतिशत कैद फछ्र्यौट गरेको जिल्ला अदालतका श्रेस्तेदार नबराज ढुंगेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा कैद तर्फ १८ दशमलब १० प्रतिशत मात्र कैद फछ्र्यौट भएको थियो ।

जिल्ला अदालतमा १ सय ३० थान निवेदन फैसला कार्यान्वयनमा परेकोमा यस वर्ष ९७ थान अर्थात ७५ प्रतिशत मुद्दाको फैसला कार्यान्वयन भएको छ ।

५ करोड ४६ लाख ३१ हजार ३२ रुपैयाँ १५ पैसा दण्ड जरिवाना फैसाला कार्यान्वयन गर्नुपर्ने तथ्यांक देखिएकोमा यस आर्थिक वर्ष ०७५।७६ मा १ करोड २९ लाख ६ हजार ५१५ रुपैयाँ ७६ पैसा फछ्र्यौट भई २३ दशमलब ६२ प्रतिशत प्रगति गरेको छ । अघिल्लो वर्ष १४ दशमलव १० प्रतिशतमात्र दण्ड जरिवानाको फछ्र्यौट गरेको थियो ।

जिल्ला अदालत धादिङमा गतवर्षहरुको जिम्मेवारी सरेर आएको २ सय ८० र यस आर्थिक वर्ष ०७५।७६ मा परेको ८ सय ८८ थान मुद्दामध्ये यस वर्ष ७ सय २५ थान मुद्दा पैसला भएको छ । यो ६२ दशमलब ०७ प्रतिशत हो । अब जिल्ला अदालतमा ४ सय ४३ थान मुद्दा बाँकी रहेको श्रेस्तेदार दंगालले जानकारी दिए ।

सिताराम अधिकारी/रासस

ताजा अपडेट

खोजी गर्नुहोस