क्रिकेटमा सन्दीपको अर्को यात्रा : आइसीसी विश्व–११ टिममा खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १ काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अर्को फड्को मारेका छन् । युवा लेग स्पीनर सन्दीपले आइसीसी विश्व–११ टिममा सम्मिलित भएर क्रिकेट खेल्न पाउने भएका हुन् ।

इंग्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध यही जेठ १७ गते विशेष सहयोगका लागि हुने ट्वेन्टी–२० च्यारिटी क्रिकेटमा सन्दीप खेल्ने निश्चित भएको अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले बुधबार जनाएको छ ।

बंगलादेशी स्पीन बलर सकिब अल हसनले व्यक्तिगत कारण जनाउँदै नाम फिर्ता लिएपछि सन्दीपले विश्वमाझ खेल पस्कने सुनौलो अवसर पाएका हुन् ।
सन्दीपले दोस्रोपटक ऐतिहासिक लर्डस् मैदानमा खेल्न पाउने भएका हुन् । पहिलोपटक दुई वर्षअघि सोही मैदानमा मेरिलिबोन क्रिकेट क्लबविरुद्ध खेलेका सन्दीपले एक विकेटसमेत लिएका थिए ।

सन्दीपको विश्व–११ को कप्तानी इंग्लिस कप्तान ओइन मोर्गानले सम्हाल्दैछन् ।
सन्दीपले भारतमा जारी आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले गत हप्ता रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध ‘डेब्यु’ गर्नेक्रममा एक विकेट लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस