पानीमा भिज्दा पनि नबिग्रने आधुनिक पत्रकार परिचयपत्र, प्रदेश ३ मा वितरण शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १६, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १६, काठमाडौँ । प्रदेश नम्बर ३, सञ्चार रजिष्ट्रारले पानीमा भिज्दा पनि नबिग्रने आधुनिक पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ । सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफट्वेयर मार्फत उक्त परिचयपत्र वितरण गरिएको हो ।

काठमाडौंमा सूचना तथा प्रसारण शाखाको उदघाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई बिहिबार स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको हो ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र बरिष्ठ पत्रकार युवराज घिमिरेलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस