मुस्ताङ ट्रिपर दुर्घटना : काँग्रेसद्धारा दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २२, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २२,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्ताङको स्याङ्बोचे सडक निर्माणका क्रममा खटिएका मजदूर चढेको टिपर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन भएकोमा दुःख व्यक्त गरेका छन ।

कांँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन । “दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । साथै घाइतेको शीघ्र स्वाथ्यलाभको कामना गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस