देशको राजनीति कस्तो छ ? (५ सर्जकका ५ मुक्तक)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • ४६८ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । देशको समग्र राजनैतिक अवस्था चित्रीत भिन्न भिन्न ५ सर्जकका ५ मुक्तक हामीले यहाँ प्रस्तुत गरेका छौँ । छरिएर रहेका साहित्य सर्जकहरुका रचनाहरुलाई समेट्ने र राज्यसँगको सम्वाहक बन्ने हाम्रो प्रयास जारी छ । यस अभियानमा साहित्यकार गोम विक्रमले सहजीकरणको भुमिका निर्वाह गरेका छन् ।

प्रस्तुत छ ५ सर्जकका ५ मुक्तकहरु:

मुक्तक -१

गरिबको रगत पसिनाले दरबारहरू गरम भएकोछ
निमुखाको घाँटी रेट्न भ्रष्ट दलालहरू नरम भएकोछ
भ्रष्टाचारको बिरोध गर्नेहरू नै महाभ्रष्टाचारी देखिए
जनप्रतिनिधि नै पद पैसाको लागि बेशरम भएकोछ।

– बैद्यनाथ ठाकुर

मुक्तक -२

सहयोगीको आवेदन छपाइ दिन पर्ने हो कि ?
बिरामी पर्दा माखा लागे धपाइ दिन पर्ने हो कि?
दाँत झरिसकेका वयोवृद्ध मन्त्रीहरूका लागि
मासु खान मन लागे चपाइ दिन पर्ने हो कि ?

– एस. पि. असफल

मुक्तक -३

भाेकले मर्ने श्रमिक हाे जाे रातदिन काम गर्छ
देशका लागि जाे बाेल्छ ठाउँको ठाउँ त्यही मर्छ
देश लुटेर कालाे धनलाई थुपारेकै छ सामन्तले
यता अप्ठ्यारो पर्याे भने ऊ अमेरिका बसाइँ सर्छ ।

– राजेश खोटाङ्गे

मुक्तक -४

झुटो भाषणको नारा गर्नु नौलो कुरा होइन
यो राजनीतिक पारा गर्नु नौलो कुरा होइन
सधैं बम बारुदको लडाइँ चल्ने हाम्रो देशमा
बन्द हड्ताल सारा गर्नु नौलो कुरा होइन ।

-सुनिल राना बिरही

मुक्तक -५

आफू ठाउँमा नपुगुन्जेल, आदर्शका कुरा झिक्छन्
पदमा पुगे तिकडमबाजी, अनेक जालझेल सिक्छन्
राजनीतिको रसै यस्तो, सब्लाई पार्छ वशै कस्तो ?
सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा नि बिक्छन् ।

✍ गोम बिक्रम

(कैफियत: यो श्रृङ्खला हामीले हरेक हप्ताको शनिबार प्रकाशित गर्दैछौँ । आफ्ना अमुल्य सिर्जना सम्प्रेषण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । 

ताजा अपडेट

खोजी गर्नुहोस